इलाम । इलाम नगरपालिका नेपालटारमा जारी प्रथम पालिकास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
माई नगरपालिका माथि १-० गोल अन्तरको जित दर्ता गदै इलामले अन्तिम २ मा स्थान बनाएको हो ।
इलामको जितमा शुक्रराज राईले निर्णायक गोल गरे । खेलको २७औँ मिनेटमा इलामका लागि सुकराज राईले गरेको गोल नै निर्णायक बनेको हो ।
प्रतिकुल मौसमका कारण ढिलागरी खेल खेलाइएको थियो । निरन्तरको वर्षा र कुहिरोले खेल प्रभावित बनेको थियो । खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता राई घोषित भए । उनलाई ग्लोबल आईएमई बैंकको तर्फबाट नगद ५ हजार प्रदान गरिएको छ ।
भोलि (बुधबार) अन्तिम सेमिफाइनल खेल देउमाई नगरपालिकाले आयोजक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
यस प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ ।