काठमाडौं । इंग्लिस क्लब क्रिस्टल प्यालेसले रोय हड्सनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
क्रिस्टलले मंगलबार यस सिजनको अन्तिमसम्मका लागि हड्सनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
क्रिस्टलले शुक्रबार मुख्य प्रशिक्षक प्याट्रिक भिएरालाई बर्खास्त गरेको थियो ।
भिएरालाई बर्खास्त गर्दै क्रिस्टलले हड्सनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
७५ वर्षीय प्रशिक्षकले यस अघि पनि क्रिस्टलको टिम सम्हालेका थिए ।
हड्सनले २०२१ मा क्रिस्टल छाडेका थिए ।