काठमाडौं । इंग्लिस क्लब टोटेनहमले मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गर्ने तयारी गरेको छ ।
टोटेनहमका अध्यक्ष ड्यानियल लेभीले इटालियन प्रशिक्षकलाई बर्खास्त गर्न तयारी गरिरहेको बताईएको छ ।
टोटेनहमले कोन्टेको स्थानमा रायन मासनलाई सिजनको अन्त्यसम्म टिम हेर्ने जिम्मेवारी दिने तयारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
कोन्टे हाल इटालीमा छन् । इंग्ल्यान्ड फर्कने उनको सम्भावना न्यून रहेको बताईएको छ ।
प्रिमियर लिगमा यसै हप्ता टोटेनहमले साउथह्याम्पटनसँग ३-३ गोलको बराबरी खेलेको थियो । त्यसपछि उनले खेलाडीको आलोचना गरेका थिए । खेलाडीहरु स्वार्थी बनेको कारण ३-१ को अग्रता बनाएपनि बराबरीमा रोकिनु परेको उनले बताएका थिए ।
यस सिजन टोटेनहम लिगको चौंथो स्थानमा रहेको छ ।
टोटेनहम च्याम्पियन्स लिगबाट समेत बाहिरिसकेको छ । इटालियन क्लब एसी मिलानसँग पराजित हुँदै टोटेनहम बाहिरिएको हो ।
टोटेनहमले ५३ वर्षीय कोन्टेलाई २०२१ मा टिम हेर्ने जिम्मेवारी दिएको थियो ।
नुनो सान्टेलाई बर्खास्त गर्दै टोटेनहमले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
तर, उनी सम्झौता नसकिदै बर्खास्तमा पर्ने भएका छन् ।