काठमाडौं । डच क्लब पीएसभीले एक समर्थकलाई ४० वर्षको प्रतिबन्ध लगाएको छ ।
युरोपा लिग अन्तर्गत सेभियाका गोलकिपर मार्को दिमित्रोभिकमाथि आक्रमण गरेको आरोपमा पीएसभीले एक समर्थकलाई आफ्नो स्टेडियममा ४० वर्षको प्रतिबन्ध लगाएको हो ।
यस्तै पीएसभीले उनलाई आफ्नो फिलिप्स स्टेडियम वरपरको क्षेत्रमा दुई वर्षसम्म प्रवेश निषेध गरेको छ ।
डच क्लबले उनीबाट आर्थिक क्षतिपूर्ति माग गर्ने जनाएको छ ।
२० वर्षीय ती पुरुष समर्थकले राष्ट्रिय स्टेडियममा प्रतिबन्ध भोगिरहेका थिए ।
ती आक्रमणकरी समर्थक आफ्नो साथीले किनेको टिकटको सहायताले मैदान प्रवेश गरेको बताईएको छ ।