• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फराकिलो जित निकाल्दै मछिन्द्र सेमिफाइनलमा
नमीन ढकाल
सोमबार, चैत ६, २०७९ नमीन ढकाल
फराकिलो जित निकाल्दै मछिन्द्र सेमिफाइनलमा

इटहरी । कप्तान अफिज ओलावाले प्रेरित खेलमा सहज जित निकाल्दै मछिन्द्र क्लब १३ औं इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरी रंगशालामा जारी प्रतियोगिताको तेश्रो क्वाटरफाइनलमा पाहुना टोली भारतको कञ्चनजंघा एफसी सिलगढी माथि ५-२ गोल अन्तरको जित निकाल्दै मछिन्द्रले अन्तिम ४ मा स्थान बनाएको हो ।

मछिन्द्रको जितमा कप्तान ओलावालेले ४ गोल गरे । बिजय भुजेलले १ गोल थपे । कञ्चनजंघाका अनिश राईले २ गोल गरेपनि हार टार्न सकेनन् । खेलको सुरुवाती अग्रता कञ्चनजंघाले लिएको थियो ।

१५ औं मिनेटमा अतिश राईको पासमा अनिश राईले अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा ओलवालेले व्यक्तिगत पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोश्रो हाफमा ५ गोल सम्भव बन्यो ।

६२ औं मिनेटमा ओेलावालेले काउन्टरमा व्यक्तिगत दोश्रो गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । ४ मिनेट नवित्दै ओलावालेले ह्रयाट्रिक पूरा गरे । कञ्चनजंघाका समिल हल्दारले शौरभ लिम्बुलाई डिबक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई ओलावालले जाली चुमाउँदै ह्याट्रिक पूरा गरेका हुन् । मछिन्द्रको गोल यतिमै रोकिएन् । ८२ औं मिनेटमा सब्स्टिच्युट खेलाडी बिजय भुजेलले मछिन्द्रको अग्रता ४-१ बनाए । उनले लामो दुरीबाट गरेको प्रहार सिधै जाली चुमेको थियो ।

८८ औं मिनेटमा ओलावालेले व्यक्तिगत गोल संख्या ४ पुर्राए । इन्जुरी समयमा अनिशले कञ्चनजंघाका लागि दोश्रो गोल गरेपनि जितका लागि पर्याप्त भएन् । प्रदिप भण्डारीको स्थानमा मछिन्द्रका गोलरक्षक सुरेश साटा मैदान प्रवेश गरेको ३ मिनेट नवित्दै गोल व्यहोर्न पुगेका थिए ।

खेलमा ४ गोल गरेका मछिन्द्रका कप्तान ओलावाले म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।

अन्तिम क्वाटरफाइनल खेलमा मंगलबार गत संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लब र रोलिङ क्लब झापाबिच प्रतिस्पर्धा हुने ।

पहिलो हाफमा निक्कै दबाब सृजना गरेको कञ्चजंघाले दोश्रो हाफमा फितलो प्रर्दशन गरेको थियो । दुवै टोलीले केही सुन्दर मुभहरु बनाएपनि सदुपयोग गर्न सकेनन् । २३ औं मिनेटमा डिबक्स नजिकैबाट ओलावालेको प्रहार आकासिएको थियो । ६१ औं मिनेटमा दिवाकर चौधरीले गरेको प्रहारलाई कञ्चनजंघाका गोलरक्षक पज्वल शर्माले बचाए । ७७ औं मिनेटमा गोलरक्षक बिट भइसकेको अवस्थामा ओलावालेको प्रहार डिफेन्डरले क्लियर गरिदिए । खेलको ३१ औं मिनेटमा कञ्चनजंघाका सुब्रतो सोरेनले डिबक्स नजिकैबाट गरेको प्रहार आकासिएको थियो । इन्जुरी समयमा वान भर्सेस वानको अवस्थामा निवाङ तामाङको प्रहार फ्रेममा पर्न सकेन् ।

खेलपछि प्रतिक्रिया दिँदै मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले दोश्रो रोजाइका खेलाडीहरुले समेत उत्कृष्ट खेल प्रर्दशन गरेको बताए । उनले सुरुवातमा गोल व्यहोर्न पुगेपनि कमब्याक जित निस्किएको बताए । टिमका महत्वपुर्ण सदस्यहरुमा राष्ट्रिय टोलीको क्याम्पमा भएको र बिमल घर्ती मगर लगायतका केही खेलाडीहरु घाइते भएकाले विश्राम दिइएको बताए । खेलाडीहरुको इन्जुरीका कारण टिमको प्रर्दशनमा तलमाथि भइरहेको उनले बताए ।

यता कञ्चनजंघाका प्रशिक्षक दिनकर क्षेत्रीले खेलाडीहरुको गल्तीका कारण गोल व्यहोर्न पुगेको बताए । उनले पेनाल्टीमा गोल व्यहोरेपछि खेलाडीहरुको मनोबल गिरेर थप गोल हुन पुगेको बताए । काउन्टर अट्याकमा ३ गोल व्यहोर्न पुग्नु नै पराजयको मुख्य कारण भएको उनले बताए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP