काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकामा जारी खेलको पहिलो हाफ सकिदा भारतले ३-० गोलको अग्रता लिएको छ ।
नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआतको योजनामा रहेको छ । भारत पनि जितबाट प्रतियोगिताको सुरुआत गर्न चाहन्छ ।
सोमबार हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।
यस्तै नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्दा अर्को आइतबार रुससँग खेल्नेछ ।
नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।