काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई १-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा फिलिप कोस्टिकले निर्णायक गोल गरे ।
खेलको २३ औं मिनेटमा कोस्टिकले निर्णायक गोल गरेका हुन् ।
जितसँगै युभेन्ट्सले २७ खेलमा ४१ अंक जोडेको छ ।
युभेन्ट्स सातौं स्थानमा रहेको छ ।
इन्टर ५० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।