काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युनाईटेडले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको सातौं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीबाट गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६२ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दा युनाईटेड २-० ले अघि रह्यो ।
खेलको ७० औं मिनेटमा कासिमिरोले रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा समेटियो ।

त्यसपछि खेलको ७६ औं मिनेटमा क्रिस्टलका जेफ्री स्लुपले गोल गरेपनि युनाईटेड २-१ ले विजयी भयो ।
यस जितसँगै युनाईटेडले २१ खेलमा ४२ अंक जोडेको छ ।
युनाईटेड तेस्रो स्थानमा रहेको छ ।
क्रिस्टल प्यालेस २४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३-० ले हराएको छ ।
लेस्टर सिटीले एस्टन भिल्लालाई ४-२ ले पराजित गर्दा ब्राइटनले बर्नेमाउथलाई १-० ले हराएको छ ।