काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले इटालियन मिडफिल्डर जोर्जिन्हो अनुबन्ध गरेको छ ।
आर्सनलले मिडफिल्डर जोर्जिन्होलाई चेल्सीबाट अनुबन्ध गरेको हो ।
जोर्जिन्होले आर्सनलसँग १८ महिनाको सम्झौता गरेका छन् ।
उनलाई एक वर्ष सम्झौता थपको विकल्प समेत दिइएको छ ।
३१ वर्षीय मिडफिल्डर २०१८ मा नापोलीबाट चेल्सी आएका थिए ।
जोर्जिन्हो चेल्सीसँगको सम्झौता नसकिदै आर्सनल आएका हुन् ।