काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलान पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा मिलानलाई लाजियोले ४-० गोल अन्तरले हराएको हो ।
खेलको चौंथो मिनेटमा सेर्जिग मिलिन्कोभिचले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका थिए ।
माटिया जाकाग्नीले ३८ औं मिनेटमा गोल गर्दै लाजियोको अग्रता दोब्बर बनाए ।
खेलको ६७ औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै लाजियोलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा फेलिपे एन्डरसनले गोल गर्दै लाजियोलाई ४-० को जित दिलाए ।
जितसँगै लाजियोले १९ खेलमा ३७ अंक जोडेको छ ।
लाजियो तेस्रो स्थानमा रहेको छ ।
मिलान ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।