काठमाडौं । ब्राजिलका फरवार्ड ग्राबियल जिसस करिब तीन महिना मैदान बाहिर रहने भएका छन् ।
दाहिने घुँडाको चोटको कारण जिसस तीन महिना बढी मैदान बाहिर रहने भएका हुन् ।
जिससले कतार विश्वकप अन्तर्गत शुक्रबार राति क्यामरुनविरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेलमा ब्राजिल १-० ले पराजित भएको थियो।
इंग्लिस क्लब आर्सनलका जिससले कतार विश्वकपको बाँकी खेल समेत गुमाउने भएका छन् ।
आर्सनलले जिससको चोटको सफल शल्यक्रिया भएको जनाएको छ ।
आर्सनलले जिसस अहिले चोटबाट मुक्त हुन रिहाबमा रहेको जनाएको छ ।