काठमाडौं । ब्राजिलका महान खेलाडी पेलेले आफु धेरै आशाका साथ बलियो रहेको बताएका छन् ।
साओ पाउलोको अस्पतालमा उपचार गराईरहेका पेलेले एक विज्ञप्ति निकाल्दै आफु बलियो भएको बताएका हुन् ।
'मेरा साथीहरू, म सबैलाई शान्त र सकारात्मक राख्न चाहन्छु,' उनले इन्स्टाग्राममा जारी एक विज्ञप्तिमा भनेका छन्, 'म बलियो छु, धेरै आशाका साथ र म सधैं जस्तै मेरो उपचार पछ्याउँछु। मैले प्राप्त गरेको सबै हेरचाहको लागि म सम्पूर्ण मेडिकल र नर्सिङ टोलीलाई धन्यवाद दिन चाहन्छु।'
८२ वर्षीय पेले गत बिहीबार साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालले उनको उपचार भइरहेको र स्वास्थ्य स्थिर रहेको बताएको थियो।
यस्तै एक रिपोर्टले केमोथेरापीले काम नगरेपछि उनी जीवनको अन्तिम हेरचाह सुरु भएको बताईएको थियो ।
'मलाई भगवानमा धेरै विश्वास छ र मैले संसारभरि तपाईबाट प्राप्त गरेको मायाको हरेक सन्देशले मलाई उर्जाले भरिपूर्ण राख्छ । र, ब्राजिललाई विश्वकपमा हेर्दा पनि ! सबै कुराको लागि धेरै धेरै धन्यवाद,' उनले भनेका छन् ।
पेलेको २०२१ को सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो ।
तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडीका रुपमा रहेका पेलेको सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो ।
पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् उनले ९२ खेलमा ७७ गोल गरेका छन् साथै चारवटा विश्वकपमा गोल गर्ने चार खेलाडी मध्येका एक हुन् ।