काठमाडौं । ब्राजिलका फरवार्ड ग्रनियल जिससले कतार विश्वकपको बाँकी खेल गुमाउने भएका छन् ।
चोटका कारण जिससले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् ।
घुँडाको चोटको कारण जिससले विश्वकप गुमाउने भएका हुन् ।
उनी जनवरीमा मात्र मैदान फर्कने बताईएको छ ।
जिससले शुक्रबार राति क्यामरुनविरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेलमा ब्राजिल १-० ले पराजित भएको थियो।
यस्तै डिफेन्डर एलेक्स टेलसले पनि विश्वकपको बाँकी खेल गुमाउने भएका छन् ।
उनले क्यामरुनविरुद्ध चोट बोकेका थिए ।