काठमाडौं । मेक्सिकोको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक जेरार्डो 'टाटा' मार्टिनोले राजीनामा दिएका छन् ।
कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएपछि मार्टिनोले राजीनामा दिएका हुन् ।
मेक्सिको फुटबलले मार्टिनोले सम्झौता रद्द गरेको पुष्टि गरेको छ ।
बुधबार राति समूह चरणको अन्तिम खेलमा मेक्सिकोले साउदी अरेबियालाई २-१ ले हराएको थियो ।
तर, समूह 'सी' मा रहेको मेक्सिको तेस्रो स्थानमा रहेको थियो ।
पोल्याण्डसँग समान ४ अंक भएपनि मेक्सिको गोल अन्तरले पछि पर्दा नकआउट चरणमा पुग्न असफल भएको थियो ।