पथरी । मोरङको उर्लाबारीमा प्रथम उर्लाबारी भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
मंसिर १६ बाट सन्चालन हुने सो प्रतियोगितामा प्रदेश नम्बर १ का १२ टिमले सहभागिता जनाउने आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
उर्लाबारी भेट्रान क्लबले आयोजना गर्ने सो प्रतियोगिताका लागि रु ९ लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगीता राधिका माध्यामिक विद्यालयको मैदानमा हुने छ ।
उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगिताको उपाधि विजेताले ५१ हजार र उपविजेताले ३१ हजारसहित ट्रफि प्राप्त गर्नेछ ।
प्रतियोगिताको फाइनल मंसिर २७ गते हुनेछ ।