काठमाडौं । नेपाली फुटबलको घर मानिने दशरथ रंगशालामा नेपालको राष्ट्रिय फुटबल टिमले बुधबार ५० औं खेलको कोशेढुंगा पूरा गर्यो ।
पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलसँगै नेपालले दशरथ रंगशालामा ५० खेलको कोशेढुंगा पूरा गरेको हो ।
५० खेलको कोशेढुंगा पार गरेको खेलमा नेपालले १-० को जित समेत हासिल गर्यो । नेपालको जितमा अन्जन विष्टले निर्णायक गोल गरे ।
नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक रुपमा अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो । र, ३९ वर्षमा नेपालले दशरथ रंगशालामा ५० खेल पूरा गरेको छ ।
नेपालले दशरथ रंगशालामा पहिलो पटक माल्दिभ्सविरुद्ध औपचारिक अन्तराष्ट्रिय खेल खेलेको थियो । सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद अन्तर्गत सेप्टेम्बर १८ मा नेपालले दशरथ रंगशालामा पहिलो औपचारिक खेल खेलेको हो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको थियो ।
नेपालले दशरथ रंगशालामा १८ जित निकाल्दा १९ हार व्यहोरेको छ । बाँकी १३ खेल बराबरीमा सकिएको छ ।
अर्को तथ्य दशरथ रंगशालामा नेपालले कुल ५८ गोल गरेको छ । जसमा दुई गोल आत्मघाती गोल रहेको छ । नेपालले हालसम्म दशरथ रंगशालामा २१ राष्ट्रसँग खेल खेलेको छ ।
दशरथ रंगशालामा हालसम्म ८९ अन्तराष्ट्रिय खेल भएको छ । नेपालले पाकिस्तानविरुद्ध ८ खेल दशरथ रंगशालामा खेलेको छ ।
दशरथ रंगशालामा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा भरत खवास रहेका छन् । फरवार्ड भरतले १ ह्याट्रिकसहित दशरथ रंगशालामा ६ गोल गरेका छन् ।
यस्तै पूर्व कप्तान तथा फरवार्ड हरि खड्काले ५ गोल गरेका छन् । फरवार्ड अन्जन विष्टले १ ह्याट्रिकसहित ५ गोल गरेका छन् ।
पूर्व कप्तान अनिल गुरुङले समेत ४ गोल गरेका छन् । पूर्व फरवार्ड जुमानु राईले ३ गोल गरेका छन् ।
दशरथ रंगशालाको हालसम्म खेलिएको खेलहरु -
वर्ष
|
विपक्षी
|
नतिजा
|
प्रतियोगिताको
नाम
|
गोलकर्ता
|
सन् १९८४
|
माल्दिभ्स
|
४-० जित
|
दक्षिण एसियाली खेलकुद
|
गणेश थापा - २
रुपकराज शर्मा-१
किष्ण थापा - १
|
सन् १९८४
|
बंगलादेश
|
४-२ जित
|
दक्षिण एसियाली खेलकुद
|
कृष्ण थापा -१
सुरेश पन्थी -१
वाईबी घले -१
आत्मघाती -१
|
सन् १९८५
|
दक्षिण कोरिया
|
०-२ हार
|
विश्वकप छनोट
|
|
सन् १९८५
|
मलेसिया
|
०-० बराबर
|
विश्वकप छनोट
|
|
सन् १९८७
|
पाकिस्तान
|
०-० बराबर
|
ओलम्पिक छनोट
|
|
सन् १९८७
|
पाकिस्तान
|
१-० जित
|
ओलम्पिक छनोट
|
धिरेन्द्र प्रधान -१
(कर्नरबाट सिधै गोल, गोलकिपरको औला भाचिएको )
|
सन् १९८८
|
इरान
|
०-३ हार
|
एसियन कप छनोट
|
|
सन् १९८८
|
उत्तर कोरिया
|
०-१ हार
|
एसियन कप छनोट
|
|
सन् १९८८
|
सिरिया
|
०-३ हार
|
एसियन कप छनोट
|
|
सन् १९८८
|
हङकङ
|
०-० बराबर
|
एसियन कप छनोट
|
|
सन् १९९७
|
पाकिस्तान
|
०-२ हार
|
साफ च्याम्पियनसिप
|
|
सन् १९९७
|
श्रीलंका
|
१-३ हार
|
साफ च्याम्पियनसिप
|
दिपक अमात्य - १
|
सन् १९९९
|
भुटान
|
७-० जित
|
दक्षिण एसियाली खेलकुद
|
हरि खड्का-२ बसन्त थापा -२
दीपक अमात्य -१
नरेश जोशी -१
निराजन राइमाझी -१
|
सन् १९९९
|
पाकिस्तान
|
३-१ जित
|
दक्षिण एसियाली खेलकुद
|
बालगोपाल महर्जन -१
हरि खड्का -१
आत्मघाती -१
|
सन् १९९९
|
भारत
|
०-४ हार
|
दक्षिण एसियाली खेलकुद
|
|
सन् १९९९
|
माल्दिभ्स
|
२-१ जित
|
दक्षिण एसियाली खेलकुद
|
नरेश जोशी -१
हरि खड्का -१
|
सन् १९९९
|
बंगलादेश
|
०-१ हार
|
दक्षिण एसियाली खेलकुद
|
|
सन् २००३
|
अफगानिस्तान
|
४-० जित
|
एसियन कप छनोट
|
निराजन राइमाझी -२ हरि खड्का -१
दिपक लामा -१
|
सन् २००३
|
किर्गिस्तान
|
०-२ हार
|
एसियन कप छनोट
|
|
सन् २००७
|
ओमान
|
०-२ हार
|
विश्वकप छनोट
|
|
सन् २००९
|
प्यालेस्टाइन
|
०-० बराबर
|
एएफसी च्यालेन्ज कप छनोट
|
|
सन् २००९
|
किर्गिस्तान
|
१-१ बराबर
|
एएफसी च्यालेन्ज कप छनोट
|
बिराज महर्जन -१
|
सन् २०११
|
अफगानिस्तान
|
१-० जित
|
एएफसी च्यालेन्ज कप छनोट
|
भरत खवास
|
सन् २०११
|
उत्तर कोरिया
|
०-१ हार
|
एएफसी च्यालेन्ज कप छनोट
|
|
सन् २०११
|
श्रीलंका
|
०-० बराबर
|
एएफसी च्यालेन्ज कप छनोट
|
|
सन् २०११
|
टिमोर लिस्टे
|
२-१ जित
|
विश्वकप छनोट
|
अनिल गुरुङ -१
जुमानु राई -१
|
सन् २०११
|
टिमोर लिस्टे
|
५-० जित
|
विश्वकप छनोट
|
अनिल गुरुङ -१
भोला सिलवाल -१
सुजल श्रेष्ठ -१
जुमानु राई -१
जगजित श्रेष्ठ -१
|
सन् २०११
|
जोर्डन
|
१-१ बराबर
|
विश्वकप छनोट
|
भरत खवास -१
|
सन् २०१२
|
प्यालेस्टाइन
|
०-२ हार
|
एएफसी च्यालेन्ज कप छनोट
|
|
सन् २०१२
|
माल्दिभ्स
|
०-१ हार
|
एएफसी च्यालेन्ज कप छनोट
|
|
सन् २०१२
|
तुर्किमिनिस्तान
|
०-३ हार
|
एएफसी च्यालेन्ज कप छनोट
|
|
सन् २०१२
|
बंगलादेश
|
१-१ बराबर
|
मैत्रीपूर्ण
|
भोला सिलवाल -१
|
सन् २०१३
|
पाकिस्तान
|
०-१ हार
|
मैत्रीपूर्ण
|
|
सन् २०१३
|
पाकिस्तान
|
०-१ हार
|
मैत्रीपूर्ण
|
|
सन् २०१३
|
नर्दन मारियाना आयरल्याण्ड
|
६-० जित
|
एएफसी च्यालेन्ज कप छनोट
|
भारत खवास -३
सन्तोष शाहुखाल -१
सन्दीप राई -१
राजु तामाङ -१
|
सन् २०१३
|
बंगलादेश
|
०-२ हार
|
एएफसी च्यालेन्ज कप छनोट
|
|
सन् २०१३
|
प्यालेस्टाइन
|
०-० बराबर
|
एएफसी च्यालेन्ज कप छनोट
|
|
सन् २०१३
|
बंगलादेश
|
२-० जित
|
साफ च्याम्पियनसिप
|
अनिल गुरुङ -१
भरत खवास -१
|
सन् २०१३
|
पाकिस्तान
|
१-१ बराबर
|
साफ च्याम्पियनसिप
|
विमल घर्ति मगर -१
|
सन् २०१३
|
भारत
|
२-१ जित
|
साफ च्याम्पियनसिप
|
जुमानु राई -१
अनिल गुरुङ -१
|
सन् २०१३
|
अफगानिस्तान
|
०-१ हार
|
साफ च्याम्पियनसिप
|
|
सन् २०१५
|
भारत
|
०-० बराबर
|
विश्वकप छनोट
|
|
सन् २०२१
|
बंगलादेश
|
०-०
|
थ्री नेसन्स कप
|
|
सन् २०२१
|
बंगलादेश
|
२-१ जित
|
थ्री नेसन्स कप
|
विशाल राई -१
संजोक राई -१
|
सन् २०२१
|
भारत
|
१-१ बराबर
|
मैत्रीपूर्ण
|
अन्जन विष्ट -१
|
सन् २०२१
|
भारत
|
१-२ हार
|
मैत्रीपूर्ण
|
तेज तामाङ-१
|
सन् २०२२
|
मरिसस
|
१-० जित
|
मैत्रीपूर्ण
|
विमल घर्ति मगर -१
|
सन् २०२२
|
मरिसस
|
१-० जित
|
मैत्रीपूर्ण
|
सुजल श्रेष्ठ -१
|
सन् २०२२
|
बंगलादेश
|
३-१ जित
|
मैत्रीपूर्ण
|
अन्जन विष्ट -३
|
सन् २०२२
|
पाकिस्तान
|
१-० जित
|
मैत्रीपूर्ण
|
अन्जन विष्ट -१
|