काठमाडौं । लस एन्जलस एफसीले अमेरिकाको मेजर लिग सकर एमएलएस कपको उपाधि जितेको छ ।
आइतबार बिहान फिलाडेल्फिया युनियनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै लस एन्जलसले उपाधि जितेको हो ।
लस एन्जलसको यो पहिलो उपाधि हो ।
खेलको निर्धारित र थपिएको अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा लस एन्जलसका सान्चेज, रायन र डेनिसले गोल गरे । क्रिस्टियनले गोल गर्न सकेनन् ।
युनियनका काइ वाग्नेर, जोसे मार्टिनेज र डानिल पेनाल्टीमा चुके ।
पेनाल्टी अघि युनियनका ज्याक इलिओटले दुई तथा डानिलले एक गोल गरेका थिए ।
लस एन्जल्सका ग्यारेथ बेल, एकोस्टा र जिससले गोल गरेका थिए ।
बेलले खेलको अन्तिम मिनेटमा गोल गर्दै लस एन्जल्सलाई बराबरीमा फर्काएका थिए ।