काठमाडौं । कसलाई कसलाई लाग्छ, लुइस डियाजको शरीर र हाउभाउ फुटबल खेलाडीकै जस्तो छैन् भनेर ? लिभरपुलका लागि यो सिजन खुबै सम्झनालायक रह्यो र त्यसको एक कारण यिनै कोलम्बियाली खेलाडी डियाजको उत्कृष्ट प्रदर्शन पनि हो । उनका लागि लिभरपुलले पोर्टोलाई चार करोड ५० लाख डलर तिरेको थियो । जनवरीको अन्त्यमा मात्र उनको अनुबन्धको प्रक्रिया सकिएको थियो, तर, लिभरपुलमा आउने वित्तिकै उनले आफ्नो गतिलो छाप छाडे ।
फेरि भन्नु पर्छ, डिजायको शरीर र त्यही शरीरले गर्ने हाउभाउ पटक्कै एउटा बलियो फुटबल खेलाडीको जस्तो छैन् । होस पनि कसरी र ? आखिरमा उनको जन्म कोलम्बियाको त्यस्तो सानो सहरमा भएको थियो, जहाँ गरिबी र भोकमरी मात्र छ । यो सहरका गरिब न गरिब कोलम्बियालाई खान पनि पुग्दैन् । त्यसैले यहाँका अधिकांस बच्चा कुपोषणको शिकार हुने गर्छन् । फेरि गरिबीको अर्थ यी बच्चाहरू शिक्षाबाट ठ्याक्कै वञ्चित हुनु पनि त हो ।
डियाज पनि यी सबै गरिबी र भोकमरीकै स्थितिमा बारनकास सहरमा हुर्के बढेका हुन् । उनको परिवार पनि साह्रै गरिब थियो, त्यसैले सानोमा उनले पनि चाहिंदो खान पाएनन्, नतिजा उनी आफै पनि कुपोषणको शिकार बने । त्यसको नतिजा उनको शरीर जहिल्यै यस्तै दुब्लो पातलो रह्यो, अझ सुकेको जस्तै देखिन् । सानोमा फुटबल खेल्न सुरु गर्दा उनको शरीर हेरेर सबै भन्थे, यो बच्चाले फुटबल पो कसरी खेल्न सकेको हो ?
तर डियाजसँग एउटा तथ्य के थियो भने फुटबल खेलाडी बन्ने दृढ इच्छा । ढंगले खानै नपाए पनि उनले फुटबल खेल्न छाडेनन् । फेरि आम खेलाडीले जस्तो उनले फुटबल मात्र खेलिरहेनन्, मन लगाएर राम्रै खेले । त्यसैले त उनी सानोमै स्थानीय बाराक्वेला क्लबसँग जोडिए । क्लबका केही प्रशिक्षकलाई लागेको थियो, यो खेलाडीमा केही न केही पक्कै छ । तर, पनि त्यही क्लबका चिकित्सकको दाबी थियो, यिनको शरीर वास्तवमै फुटबल खेलाडी जस्तो छैन्, नखेलाएकै राम्रो।
तर, चिकित्सकको सल्लाह ती प्रशिक्षकले माननेन् । यसको एउटा कारण के पनि थियो भने डियाज आफै निकै भलाद्मी पाराका छन् । धेरै कुरा गर्न जाँदैनन, खालि फुटबल खेल्न पाए पुग्यो । अहिले त उनी युरोपेली क्लब फुटबलकै स्टार भए । आउने शनिबार लिभरपुलले युरोपेली च्याम्पियन्स लिगको फाइनल खेल्दैछ र तय छ, कुनै न कुनै बेला उनी मैदानमा हुनेछन् । अब यो अद्धितीय भए र, कुपोषणले शिकार भएको बच्चादेखि च्याम्पियन्स लिगको फाइनलसम्मको उनको यात्रा ?
लिभरपुल आउन अगाडि डियाजले पोर्टोमै पनि सबैको मन जितिसकेका थिए । त्यसैले त उनी लिभरपुलका प्रशिक्षक योर्गन क्लोपको नजरमा परे । क्लोप आफै पनि डियाजको खेलका प्रशंसक हुन् र भन्छन्, ‘डियाज आएपछि लिभरपुल अझ बलियो भएको छ ।’ कोलम्बियाली टिममा पनि उनी पछिल्लो समय नियमित सदस्य हुन थालेका छन् । यही कारणले त हो, डिजायको सानो सहर बारनकास जानु पर्छ, भए भरका सबै उनका प्रशंसक बनेका छन् ।
अनि त्यहाँका साना साना खान नपुगेका बच्चाहरूले पनि सपना बुन्न थालेका छन्, कुनै दिन डिजाय जस्तै बन्नु छ ।
– एजेन्सीहरूको सहयोगमा ।