काठमाडौं । चोथौ संस्करणको राइनो कन्जरभेसन गोल्डकप बिहिबारबाट नवलपरासीमा सुरु हुने भएको छ ।
नवलपरासीको राइनो मिनि मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही ११ ले आयोजक नवलपरासीसंग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सात 'ए' डिभिजन क्लबसहित १२ क्लबको सहभागिता रहेको छ ।
प्रतियोगितामा पल्सर सहिद स्मारक 'ए' डिभिजन खेल्ने क्लबहरु सिग्नेचर मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, शसस्त्र प्रहरी, सिएमजी संकटा क्लब, सरस्वती युथ क्लब , च्यासल युथ , न्युरोड टिम (एनआरटी) रहेका छन् ।
यस्तै ब्वाइज युनियन, आयोजक नवलपरासी, कास्की-११, रुपन्देही -११ र विरगन्ज युथ एकेडेमी रहेका छन् ।
प्रतियोगिताको विजेताले चार लाख ५ सय ५५ रुपैँया प्राप्त गर्नेछन । उपविजेताले २ लाख ५० हजार पाउनेछन् ।