काठमाडौं । लिभरपुल र लिड्स युनाइटेडबीच इंग्लिस प्रिमियर लिगमा भएको खेलको चर्चा सेलाएको छैन् । चर्चा लिभरपुलको जितमा भन्दा उसका खेलाडी हार्भे इलियटमाथि परेको चोटमा छ ।
लिड्सका डिफेन्डर पास्कल स्ट्रज्कले गरेको ट्याकलमा इलिट ‘एंकल डिसलोकेट’ को शिकार भएका छन् । अब उनी फेरि कहिले मैदानमा फर्कने छन्, टुंगो छैन् ।
उता पास्कलमाथि तीन खेलको प्रतिबन्ध लागेको छ । त्यस ट्याकल लगतै उनलाई सिधै रातो कार्ड पनि देखाइको थियो । अहिले धेरेका लागि यी डच खेलाडी खलनायक भएका छन् । धेरैलाई के लागेको छ भने उनले गर्न नहुने काम गरेका छन् । तर ठीक यही बेला इलियटले उल्टै पास्कलको समर्थन गरेर केही शब्द खर्चेका छन् ।
उनले भनेका छन्, ‘यसमा पास्कलको कुनै दोष छैन् । यो खालि एक खराब दुर्घटना मात्र थियो । यसमा उनलाई रातो कार्ड देखाउन पनि आवश्यक थिएन् । फुटबलमा यस्तो हुन्छ । म चाँडै अझ बलियो भएर मैदानमा फर्कने छुं ।’
इलिटको यो भनाइ आएपछि सबैले उनको प्रशंसा गरेका छन् र भनेका छन्, यी १८ वर्षीय ठिटो त खुबै दिलदार रहेछन् ।
यता पास्कलको मन पनि कहाँ खुसी छ र ? उनलाई पनि अथाह पीडा छ, आफूले गरेको एउटा ट्याकलमा इलियटमाथि यति धेरै चोट पुगेकोमा । उनले इलियट चाँडै निको होस भनेर प्रार्थना पनि गरेका छन् ।
विशेषत: ग्याली लिनेकरले इलिटको बढी प्रशंसा गरेका छन् र उनी मान्छन्, यी लिभरपुल खेलाडी भर्खर १८ वर्षका भए, तर उनको व्यवहार कोही अनुभवी वयस्कोको भन्दा कम छैन् ।
–मिररको सहयोगमा ।