• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एन्फामा झण्डै साढे ३ करोडको बेरुजु, हेर्नुस सूची
खेलपाटी संवाददाता
बिहीबार, असोज १८, २०७५ खेलपाटी संवाददाता
एन्फामा झण्डै साढे ३ करोडको बेरुजु, हेर्नुस सूची

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामा झण्डै साढे ३ करोड रुपैयाँ बेरुजु देखिएको छ । विभिन्न समयमा जिल्ला फुटबल संघ र व्यक्तिले लिएको रकम फर्छ्योट नगर्दा ठुलो रकमको बेरुजु देखिएको हो ।

पछिल्लो आर्थिक बर्षको रिपोर्ट अनुसार एन्फाभित्र भएको अनियमित खर्चको रकम झण्डै ३ करोड पुगेको छ ।

पेश्की रकमको काम सकिएको ३५ दिन भित्र खर्च विवरण बुझाउनुपर्ने भएपनि अधिकांश संघ आवद्ध व्यक्तीले रकम फर्छ्योट गरेका छैनन् । जसमा जिल्ला फुटबल संघका पदाधिकारी र एन्फाभित्रका प्रभावशाली ब्यक्तिले एक लाख भन्दा ठुलो रकम लिएका छन् ।

आर्थिक सुशासन र पारदर्शीताको नारा सहित एन्फा नेतृत्वमा आएको नयाँ कार्य समितिले पेश्की रकम अशुलीमा मौनता देखाउदै आएको थियो । एन्फा प्रवक्ता किरण राईले बेरुजु फर्छ्योट गर्नुपर्ने सुचि तयार भएको जानकारी दिदै त्यसलाई चाँडै प्रक्रियामा लैजाने बताउछन् ।

‘बेरुजु फर्छ्योट गर्नुपर्ने व्यक्ति र संघको सुचि तयार भएको छ । के कारणले फर्छ्योट भएन भन्ने बिषयमा पत्राचार गर्दैछौ । चाँडौ प्रक्रियामा लैजान्छौ ।’ उनले खेलपाटीसंग भने ।

विभिन्न प्रायोजनकालागि संघबाट पेश्की लिनेमा धेरै जिल्ला फुटबल संघ र फुटबलमा प्रभावशाली अनुहारहरु रहेका छन् । फुटलब संघले बंगलादेशी फुटबल संघ र मंगोलियाको गेन बोल्ड वाईनोभिकलाई समेत पेश्की रकम दिएको देखिएको छ ।

‘त्यो रकम निकै अगाडीदेखि हो । कानुन अनुसार विदेशी कम्पनी र संस्थालाई पेश्की दिन मिल्दैन । कानुनी प्रक्रिया अनुसार अघि बढाएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउछौ ।’ प्रवक्ता राईले भने ।

एन्फा स्रोतका अनुसार फर्छ्योट हुन बाँकी करिब ४ करोड रुपैयाँमा एएफसीबाट २ लाख १० हजार, फिफाबाट १ करोड ८४ लाख र एन्फाबाट लिईएको करिब २ करोड १७ लाख रुपैयाँ रहेको छ ।

प्रवक्ता राईले संघको धेरै अगाडीदेखि पेश्की फर्छ्योट बाँकी रहेको बताउदै त्यसको नियमन गर्न वर्तमान कार्यसमिति गम्भिर रहेको बताए । ‘समयमै पेश्किको रकम विवरण बुझाउनु हरेकको कर्तव्य र दायित्व हो । धेरै अगाडीदेखिको पेश्की फर्छ्योट हुन बाँकी छ । नियमले मिल्ने जति फर्छ्योट गर्ने र नियमले नमिल्नेलाई कारबाही अगाडी बढाउने हो ।’ उनले भने ।

फिफाको खाताबाट पेश्की लिनेको विवरण : 
सर्लाही जिल्ला फुटबल संघ : १ लाख रुपैयाँ ।
सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष देबेन्द्रमान सिंह बस्नेत : ४८ हजार रुपैयाँ ।
रुपन्देही जिल्ला फुटबल संघ : १ लाख ७५ हजार रुपैयाँ ।
भोजपुर जिल्ला फुटबल संघ : २ लाख रुपैयाँ ।
रौतहट जिल्ला फुटबल संघ : १ लाख ५५ हजार रुपैयाँ ।
दिवाकर घले : ६ लाख रुपैयाँ ।
कन्चनपुर जिल्ला फुटबल संघ : ४ लाख रुपैयाँ ।
बर्दिया जिल्ला फुटबल संघ : ३ लाख रुपैयाँ ।
पर्सा जिल्ला फुटबल संघ : ३ लाख रुपैयाँ ।
सुनसरी जिल्ला फुटबल संघ : १ लाख ७५ हजार रुपैयाँ ।
कन्चनपुर जिल्ला फुटबल संघ : १३ लाख २० हजार रुपैयाँ ।

एन्फाको खाताबाट पेश्की बुझेकाको विवरण : 
अजर मानन्धर : १ लाख ३ हजार रुपैयाँ ।
सुनसरी फुटबल संघ : ३ लाख ५० हजार रुपैयाँ ।
लोकबहादुर शाही : १४ लाख ४६ हजार ३ सय ७ रुपैयाँ ।
आर बी ग्रुप : ३ लाख ३२ हजार ९ सय ८९ रुपैयाँ ।
बाँके जिल्ला फुटबल संघ : ३ लाख ९४ हजार रुपैयाँ ।
ललित कृण्ण श्रेष्ठ : १६ लाख ८५ हजार ९ सय ८० रुपैयाँ ।
गेन बोल्ड वाइनोभिक मंगोलिया : १ लाख २३ हजार ७ सय ५० रुपैयाँ ।
बंगलादेशी फुटबल संघ : १५ लाख रुपैयाँ ।
सुदुरपश्चिमाञ्चल फुटबल संघ : १ लाख ५५ हजार रुपैयाँ ।
बानेश्वर ब्याङकेट : २ लाख रुपैयाँ ।
झापा फुटबल संघ : २ लाख ९० हजार रुपैयाँ ।
रौतहट जिल्ला फुटबल संघ : १ लाख ७० हजार रुपैयाँ ।
एन्फा टेक्निकल सेन्टर धरान : १० लाख रुपैयाँ ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP