एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
साउथह्याम्पटनको मैदानमा आर्सनलले पुनरागमन जित निकालेको हो ।
खेलको तेस्रो मिनेटमा स्टुवार्ट आर्म्सट्रोङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको आठौं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ३९ औं मिनेटमा बुकायो साकाले गोल गर्दा आर्सनल २-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ७२ औं मिनेटमा एलेक्सजेन्डर लाकाजेटले गोल गर्दै आर्सनललाई ३-१ को जित दिलाए ।
जितसंगै आर्सनलले २० खेलमा ३० अंक जोडेको छ ।
आर्सनल आठौं स्थानमा उक्लिएको छ ।
साउथह्याम्पटन २९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लिड्सले न्युकासल युनाईटेडलाई २-१ ले हराएको छ ।
वेस्ट ह्यामले न्युकासललाई ३-२ ले हराएको छ ।