एजेन्सी । इंग्लिस क्लब आर्सनल ब्राजिलियन मिडफिल्डर विलियन अनुबन्धको नजिक पुगेको छ ।
स्काई स्पोर्ट्सले आर्सनल चेल्सीका विलियन अनुबन्धको नजिक पुगेको जनाएको छ ।
आर्सनलले ब्राजिलियन प्ले मेकरसँग ३ वर्षको सम्झौता गर्ने समेत स्काई स्पोर्ट्सले जनाएको छ ।
चेल्सीसँग विलियनको सम्झौता सिजनको अन्त्यसँगै सकिदैछ । चेल्सीले विलियनलाई थप दुई वर्ष क्लबमा राख्न चाहन्छ ।
तर, छोटो सम्झौताको कारण विलियनले चेल्सी छाड्ने निर्णय गरिसकेको बताईएको छ ।
विलियनले यस सिजन क्लबका लागि ४७ खेल खेलेका छन् । जसमा उनले कुल ९ गोल गरेका छन् ।
विलियन सन् २०१३ मा चेल्सी आएका थिए । चेल्सीका लागि उनले २ सय ३४ खेलमा ३७ गोल गरेका छन् ।