एजेन्सी । इंग्लिस क्लब आर्सनल फरवार्ड पेरिक एम्रिक आबुमियाङसँगको नयाँ सम्झौता नजिक पुगेको छ ।
३१ वर्षीय फरवार्डलाई आकर्षक तलबसहित आर्सनल नयाँ सम्झौताको नजिक पुगेको टेलिग्राफले जनाएको छ ।
गोवानका फरवार्ड आबुमियाङसँग आर्सनलले तीन वर्षको नयाँ सम्झौता गर्ने समेत टेलिग्राफले जनाएको छ ।
आबुमियाङसँग आर्सनलको सम्झौता ११ महिना बाँकी रहेको छ ।
तर, सम्झौता नसकिदै आर्सनलले आबुमियाङसँग नयाँ सम्झौता गर्न लागेको हो ।
टेलिग्राफले आबुमियाङ पनि सम्झौता नवीकरण गर्नका लागि राजी भईसकेको जनाएको छ ।
सन् २०१८ मा बोरुसिया डर्टमण्डबाट आर्सनल आएका उनले ८५ प्रिमियर लिग खेलमा ५४ गोल गरेका छन् ।
यस सिजन आबुमियाङले लिगमा २२ गोल गरेका थिए ।
यस्तै चेल्सीलाई हराउँदै एफए कपको उपाधि जित्दा आबुमियाङले दुई गोल गरेका थिए ।