एजेन्सी । युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी 'ए' फुटबल अन्तर्गत सिजनको अन्तिम खेल नखेल्ने भएका छन् ।
च्याम्पियन बनिसकेको युभेन्ट्सले अन्तिम खेलमा आज रोमासँग खेल्दैछ । र, घरेलु मैदानमा हुने खेलमा रोनाल्डोले खेल्ने छैनन् ।
युभेन्ट्सले रोमासँग खेल्ने टोलीमा रोनाल्डोलाई राखेको छैन । च्याम्पियन्स लिगको लागि रोनाल्डोलाई क्लबले विश्राम दिइएको बताईएको छ ।
अन्तिम खेल गुमाउने भएसँगै रोनाल्डो गोल्डेन बुटको दाबेदारबाट समेत बाहिरिएका छन् । यस सिजन ३१ गोल गरेका रोनाल्डो सिरो इम्मोबाइल भन्दा ४ गोलले पछि रहेका छन् ।
युभेन्ट्सले दुई खेल अगाबै लिगको उपाधि उचालेको थियो ।
घरेलु मैदानमा युभेन्ट्स जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै युभेन्ट्स जितसँगै ट्रफी उचाल्न चाहन्छ ।
३७ खेलबाट युभेन्ट्सले ८३ अंक जोडेको छ । रोमा ६७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।