एजेन्सी । लिभरपुलका युवा फरवार्ड हार्भे इलियटले क्लबसँग तीन वर्षे सम्झौता गरेका छन् ।
प्रिमियर लिग च्याम्पियन लिभरपुलले सोमबार इलियटसँग सम्झौता गरेको हो ।
इंग्ल्यान्डको यू-१७ टोलीका फरवार्डको यो पहिलो व्यवसायिक सम्झौता हो । अप्रिल ४ बाट १७ वर्ष पुगेपछि लिभरपुलले उनीसँग औपचारिक सम्झौता गरेको हो ।
उनी गत समरमा फुलह्यामबाट लिभरपुल आएका थिए । तर, उमेरको कारण उनको व्यवसायिक सम्झौता भएको थिएन् ।
इलियटले लिभरपुलको सिनियर टिमका लागि आठ खेल खेलिसकेका छन् ।
यस्तै इलियटले प्रिमियर लिगमा दुई खेल खेलेका छन् ।