एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (सोमबार) दुई खेल हुँदैछ ।
ला लिगामा सोमबार लेभान्टेले रियल सोसिडाड तथा सेभियाले इबरसँग खेल्नेछ ।
लिगको शीर्ष तीनको दाबेदार क्लब सेभियाले घरेलु मैदानमा इबरसँग खेल्नेछ । दुईबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा सेभिया जित निकाल्ने योजनामा हुनेछ । यस्तै सेभिया जित निकाल्दै शीर्ष तीन क्लबविरुद्धको अंक दुरी कम गर्न चाहन्छ ।
सेभियाले ३३ खेलमा ५७ अंक जोडेको छ । र, लिगको चौंथो स्थानमा रहेको छ ।
३५ अंक जोडेर इबर रेलिगेसन क्षेत्र भन्दा एक स्थान माथि रहेको छ । इबर पनि सेभियालाई हराएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ ।
यस्तै लेभान्टेले घरेलु मैदानमा सोसिडाडसँग खेल्नेछ । दुई टोलीबीचको खेल ११:१५ बजे सुरु हुनेछ ।
बलियो टिम सोसिडाडलाई हराएर लेभान्टे अंक तालिका सुधारको लक्ष्यमा हुनेछ । ४२ अंक जोडेको लेभान्टे लिगको १२ औं स्थानमा रहेको छ ।
५० अंक जोडेको सोसिडाड लिगको सातौं स्थानमा रहेको छ । सोसिडाड घरेलु टोलीलाई हराएर छैटौं स्थानमा उक्लन चाहन्छ ।