एजेन्सी । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नै गल्तीको कारण साउथह्याम्पटनसँग पराजित हुनु परेको बताएका छन् ।
प्रिमियर लिग अन्तर्गत आइतबार राति साउथह्याम्पटनसँग पराजित भएपछि बोल्दै प्रशिक्षक ग्वार्डिओलाले डिबक्स भित्रको गल्तीमा पराजित भएको बताएका हुन् ।
गत साता च्याम्पियन लिभरपुललाई हार चखाएको सिटी साउथह्याम्पटनसँग भने १-० ले स्तब्ध भएको हो ।
'हामीले वास्तबमै राम्रो खेलेका थियौं । तर, हाम्रो बक्समा गल्ती भयो । तिनीहरुले हामीलाई दण्ड दिए,' ग्वार्डिओलाले भने ।
साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्सले निर्णायक गोल गरेका थिए । करिब ४० यार्ड टाढाबाट उनको प्रहारमा सिटीका गोलकिपरले ठम्याउनै सकेनन् ।
गोलकिपर एण्डरसन अघि बढेको मौकाको फाईदा उठाउँदै एडम्सको प्रहारले जाली चुमेको थियो ।
यस्तै प्रशिक्षक ग्वार्डिओलाले खेलमा आफुहरुले गोलको अवसर सिर्जना गरेपनि सफल नभएको बताए ।
'हामीले धेरै सिर्जना गरेका थियौं र हामी स्कोर गर्न सकेनौं,' ग्वार्डिओलाले भने, 'हामीले सुधार गर्नै पर्दछ । तर, प्रदर्शनको हिसाबले भन्नु पर्ने केहि छैन। हामीले अविश्वसनीय रूपमा राम्रो हमला गर्यौं ।'