एजेन्सी । प्रिमियर लिग च्याम्पियन लिभरपुलसँग युवा मिडफिल्डर कुर्टिस जोन्सले नयाँ सम्झौता गरेका छन् ।
लिभरपुलमा थप पाँच वर्ष रहने गरी जोन्सले क्लबसँग नयाँ सम्झौता गरेको हो ।
सम्झौतासँगै १९ वर्षे मिडफिल्डर जोन्स २०२५ सम्म क्लबमा रहने छन् ।
लिभरपुलका युथ टिमको कप्तानी गरिसकेका जोन्सले गत डिसेम्बरमा सिनियर टिममा डेब्यु गरेका थिए । बर्नेमाउथविरुद्ध डेब्यु गरेका जोन्सले सिनियर टिमका लागि गोल समेत गरिसकेका छन् ।
९ वर्षको उमेरमा लिभरपुल आएका जोन्सले यस सिजन लिभरपुलका लागि सबै खाले प्रतियोगिताको ८ खेल खेलेका छन् । उनले लिभरपुलका लागि दुई गोल समेत गरेका छन् ।
'सबैलाई थाहा छ मेरो लागि यो ठुलो हो,' जोन्सले सम्झौतापछि भने, 'यो मेरो बच्चाबाटको क्लब हो । यो मेरो परिवार हो । हामी एक महान प्रशिक्षकसँग काम गरिरहेका छौँ । मलाई गर्व छ ।'