एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा दोस्रो स्थानको डर्टमण्डले हेर्था बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन इम्री क्यानले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा क्यानले निर्णायक गोल गरेका थिए ।
जितसँगै डर्टमण्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दुरी घटाएको छ ।
डर्टमण्डले बायर्नसँगको अंक दुरी ७ मा झारेको छ । डर्टमण्डले ३० खेलमा ६३ अंक जोडेको छ । बायर्नको ७० अंक रहेको छ ।
बर्लिन ३८ अंकसहित लिगको नवौं स्थानमा रहेको छ ।