एजेन्सी । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पहिलो अरबपति फुटबल खेलाडी बनेका छन् ।
फोर्ब्सले सार्वजनिक गरेको सूची अनुसार रोनाल्डोको सम्पति पहिलो पटक एक अर्ब पुगेको छ ।
फोर्ब्सका अनुसार रोनाल्डोले गत वर्ष १ सय ५ मिलियन कमाई गरेका छन् । यससँगै रोनाल्डो एक अर्ब कमाउने पहिलो फुटबल खेलाडी बनेका हुन् ।
यस्तै रोनाल्डो अरबपति बन्ने तेस्रो खेलाडी समेत बनेका छन् । यसअघि गल्फर टाइगर उड्स र बक्सर फ्लोयद मेवेदर अरबपति बनेका थिए ।
रोनाल्डो सर्वाधिक कमाउने खेलाडीको दोस्रो नम्बरमा रहेका छन् । उनी टेनिसका रोजर फेडेरर भन्दा पछि छन् । यस्तै फुटबलरतर्फ रोनाल्डोले लियोनल मेस्सीलाई पछि बनाएका हुन् । मेस्सीको कमाई १ सय ४ मिलियन रहेको छ ।
यस्तै ३५ वर्षे रोनाल्डो सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको चौंथो स्थानमा रहेका छन् ।