एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया मुन्छेनग्लाडबाख पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा मुन्छेनग्लाडबाख फ्राइबर्गसँग १-० गोल अन्तरले पराजित भएको हो ।
१० खेलाडीमा समेटिएको मुन्छेनग्लाडबाखविरुद्ध फ्राइबर्गका निल पिटरसनले निर्णायक गोल गरेका थिए ।
घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा पिटरसनले निर्णायक गोल गरेका थिए ।
यस्तै खेलको ६८ औं मिनेटमा अलासाने प्लेयाले रातो कार्ड पाउँदा मुन्छेनग्लाडबाख १० खेलाडीमा समेटिएको थियो ।
फ्राइबर्गसँग पराजित भएसँगै मुन्छेनग्लाडबाखले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । ३० खेलमा ५६ अंक जोडेको मुन्छेनग्लाडबाख चौंथो स्थानमा रहेको छ ।
फ्राइबर्ग ४१ अंकसहित आठौं स्थानमा उक्लिएको छ ।