एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बरबाट सुरु हुने भएको छ ।
प्रिमियर लिगले सन् २०२०/२१ को सिजन सेप्टेम्बरको दोस्रो हप्ताबाट गर्ने तयारी गरेको छ ।
नयाँ सिजन सेप्टेम्बर १२ वा १३ बाट सुरु गर्ने तयारी भएको मिरर अनलाईनले जनाएको छ ।
कोरोना भाईरसको महामारीको कारण यस सिजनको लिग सकिएको छैन ।
कोरोनाले गत मार्चबाट स्थगित लिग जुन १७ बाट सुचारु हुँदैछ । यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस अघि प्रिमियर लिगको नयाँ सिजन अगष्टमा सुरु हुने गरेको थियो।