एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज (सोमबार) आरबी लाइपजिगले एफसी कोल्नसँग प्रतिस्पर्धा गर्दैछ ।
लाइपजिगले कोल्नसँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति १२:१५ बजे सुरु हुनेछ ।
कोल्नको मैदानमा लाइपजिग सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । किनकि लाइपजिगलाई लिगको शीर्ष तीनमा उक्लने मौका रहेको छ ।
कोल्नलाई पराजित गरे लाइपजिगले शीर्ष टोलीसँगको अंक दुरी समेत कम गर्नेछ । लाइपजिग ५५ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ ।
घरेलु टोलीलाई हराएमा बोरुसिया मन्छेनग्लाडबाख र बायार लेवरकुसनलाई पछि पार्दै लाइपजि तेस्रो स्थानमा उक्लने छ ।
लिग लिडर बायर्न म्युनिखको ६७ अंक रहदा दोस्रो स्थानको बोरुसिसा डर्टमण्डको ६० अंक रहेको छ । लाइपजिग बायर्न भन्दा १२ अंक र डर्टमण्ड भन्दा ५ अंकले पछि रहेको छ ।
यता, घरेलु टोली कोल्न पनि लाइपजिगलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । कोल्न ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।