एजेन्सी । रिभाल्डोले बोरुसिया डर्टमण्डका स्टार ईर्लिङ हाल्याण्ड ब्राजिली रोनाल्डको स्तरमा पुग्न सक्ने बताएका छन् ।
ब्राजिली लिजेण्ड रिभाल्डोले स्पेनिस महारथी क्लब रियल मड्रिडले हाल्याण्डलाई अनुबन्ध गर्नुपर्ने सुझाएका छन् ।
रिभाल्डो नर्वेजियन युवा स्टार हाल्याण्डमा ठुला खेलाडी बन्न सक्ने क्षमता रहेकोे भन्दै ला लिगा क्लबले उनलाई अनुबन्ध गर्नुपर्ने धारणा राखे ।
हाल्याण्ड गत जनवरीमा मात्र साल्जवर्गबाट जर्मन क्लब बोरुसिया डर्टमण्ड आएका थिए । १९ बर्षका युवा फरवार्डमाथि रियल मड्रिडले आँखा लगाईरहेको छ ।
गत जनवरीमा डर्टमण्ड आएका हाल्याण्डले ९ लिग खेलमा १० गोल गरिसकेका छन् ।
बार्सिलोनाका पूर्व स्टार रिभाल्डोले ला लिगामा हाल्याण्डको भविष्य राम्रो रहेको बताउँदै ब्राजिली लिजेण्ड रोनाल्डोको स्तरसम्म पुग्ने उनमा क्षमता भएको बताए ।
‘उनी त्यसै महान खेलाडी हुन् । १९ बर्षका उनी भविष्यमा अझ राम्रो बन्न सक्छन् । उनी विश्वका सर्वश्रेष्ठ आक्रमक खेलाडी बन्न सक्छन् ।’ रिभाल्डोले भनेका छन् ।
‘उनीसंग धेरै क्षमता छ । उनी बिना डर खेल्छन् । उनी मैदानमा धेरै प्रतिबद्ध देखिन्छन् । त्यसैले उनी विश्वस्तरीय खेलाडी हुन् । उनले अझ बुझ्न बाँकी छ । धेरै क्लबले उनलाई पछ्याउनु सामान्य बिषय हो ।’ उनले भने ।
‘धेरै मानिसले हाल्याण्डलाई रोनाल्डो जस्तै खेलाडी भनेर तुलना गरेका छन् । दुवै खेलाडी बिचमा केही समानता देखिन्छ । उनी छिटो छन्, डर विहिन देखिन्छन् र धेरै गोल गर्न सक्छन् । तर उनलाई रोनाल्डोको उत्ताधिकारी भन्न अहिलेनै हतारो हुन्छ ।’ रिभाल्डो थप्छन् ।
‘रोनाल्डोले दुई पटक विश्वकप जिते, चार पटक विश्वकप खेले । उनले समेत दौडदै गोल गरेर विश्वलाई प्रभावित बनाए । त्यसैले हाल्याण्ड रोनाल्डोको स्तरमा पुग्छन् वा पुग्दैनन् भन्न केही समय चाहिन्छ । तर हाल्याण्डमा क्षमता देखिछ । उनी मेरा सहकर्मी रोनाल्डोको नजिक देखिन्छन् ।’ रिभाल्डो भन्छन् ।
‘रियल मड्रिडले हाल्याण्डको सम्भावित गन्तव्य हेरिरहेको छ । उनले स्पेनिस फुटबलका लागि प्रचुर क्षमता रहेको देखाईसकेका छन् । गोल गर्न रोकिन नचाहने उनको स्वभाव छ । बार्सिलोना उनको विकल्प हुन सक्छ । उनलाई सरुवा गर्ने क्लबका लागि एक महान हस्ताक्षर हुन सक्छ ।’ रिभाल्डो दाबी गर्छन् ।
‘डर्टमण्डका लागि समेत यो राम्रो ब्यापार बन्न सक्छ । उसले २० मिलियन पाउण्डमा जनवरीमा हस्ताक्षर गरेको थियो । सिजनको अन्तिममा उसले चार गुणा बढी पैसा पाउनेछ । सायद बार्सिलोना र रियल मड्रिड जनवरीमा विचलित थिए । सायद कसैले पनि अनुमान लगाएका थिएनन्, हाल्याण्डले डर्टमण्डमा यस्तो प्रभाव छाड्नेछन् ।’ उनले थपे ।
‘मलाई लाग्दैन जनवरीमा हस्ताक्षर नगरेर बार्सिलोनाले गल्ती गर्यो । कसैले पनि अनुमान लगाउन सक्छैन, कुनै खेलाडी अष्ट्रेलियन लिगबाट युरोपको शीर्ष लिगमा प्रभाव जमाउन सक्छ भनेर ।’ रिभाल्डाे भन्छन् ।
‘यदी उनले रियल मड्रिडसंग हस्ताक्षर गरेको भए उनी वैकल्पिक खेलाडी हुने थिए । तर अब उनी स्टार खेलाडीको रुपमा आउनेछन् ।’ उनले भने ।