एजेन्सी । इंग्लिस क्लब बर्नलीका विंगर रोबी ब्राडी सन् २०२१ सम्म क्लबमा रहने भएका छन् ।
रिपब्लिक अफ आयरल्याण्डका विंगर ब्राडीले क्लबमा थप एक वर्ष रहने गरि सम्झौतामा नवीकरण गरेका छन् ।
सम्झौतासँगै ब्राडी आगामी सिजनको जुनसम्म बर्नलीमा रहने छन् ।
२८ वर्षे ब्राडी सन् २०१७ को जनवरीमा नर्विचबाट बर्नली आएका थिए । बर्नलीले क्लबको कीर्तिमानी मूल्य १३ मिलियन खर्च गरेको थियो ।
ब्राडीले बर्नलीका लागि ६३ खेल खेलिसकेका छन् । उनले आयरल्याण्डका लागि ४६ खेल खेलेका छन् ।
यस सिजन बर्नली प्रिमियर लिगको १० औं स्थानमा रहेको छ ।
कोरोना भाईरसको महामारीपछि स्थगित लिगमा बर्नलीले ३९ अंक जोडेको छ ।
बर्नलीले लिगमा अब ९ खेल खेल्न बाँकी रहेको छ ।