एजेन्सी । म्यानचेस्टर युनाइटेडका डिफेन्डर भिक्टर लिन्डेलोफले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
स्वीडेनका डिफेन्डर लिन्डेलोफले बुधबार क्लबसँग सम्झौता गरेका हुन् । सम्झौतासँगै लिन्डेलोफ सन् २०२४ सम्म क्लबमा रहने छन् ।
लिन्डेलोफ सन् २०१७ मा बेन्फिकाबाट युनाइटेड आएका थिए ।
२५ वर्षे लिन्डेलोफले युनाइटेडबाट ७४ खेल खेलेका छन् ।