एजेन्सी । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफुले लियोनल मेस्सीले भन्दा बढी बालोन डी'ओर अवार्ड जित्न चाहेको बताएका छन् ।
ब्रिटिस टेलिभिजन आईटीभीसँग कुरा गर्दै रोनाल्डोले आफुले बार्सिलोनाका फरवार्ड मेस्सीले भन्दा बढी वर्ष खेलाडी अवार्ड जित्न चाहेको बताएका हुन् । आफु त्यसका लागि योग्य रहेको समेत रोनाल्डोले बताए ।
'मेस्सी फुटबलको इतिहास हुन् । तर, मलाई लाग्छ मैले उनीभन्दा माथि ६, ७ वा ८ पटक जित्नु पर्थ्यो । मलाई यो मन पर्छ र म योग्य समेत छु,' रोनाल्डोले भनेका छन् ।
पछिल्लो समय विश्व फुटबलमा मेस्सी र रोनाल्डोलाई एक अर्काका प्रतिद्वन्दी मानिन्छ । र, रोनाल्डो र मेस्सीले हालसम्म समान ५/५ पटक बालोन डी'ओर अवार्ड अवार्ड जितेका छन् ।
स्पेनिस क्लब रियल मड्रिड रहदा रोनाल्डोले च्याम्पियन्स लिगसहित १५ मुख्य उपाधि जितेका थिए । र, उनले आफुलाई विश्वको सर्वोकृष्ट खेलाडी रहेको प्रमाणित गरेका थिए ।
पोर्चुगलको कप्तान समेत रहेका रोनाल्डोले आफुले आफ्नो यो यात्रा कायम राख्ने समेत बताए ।
'मलाई थाहा छ, मैले राम्रो गरे । म फुटबलको इतिहास हु । र, म यसलाई निरन्तरता दिनेछु,' रोनाल्डोले थपे ।