एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार जाभीले म्यानचेष्टर सिटीका स्ट्राइकर रहिम स्ट्रर्लिङ विश्वको उत्कृष्ट खेलाडी बन्ने दाबी गरेका छन् ।
बार्सिलोनाका लिजेण्ड जाभीले अहिलेका स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि स्ट्रर्लिङ विश्वको उत्कृष्ट खेलाडीको रुपमा देखापर्ने दाबी गरे ।
‘मेस्सी मेरो लागि सधै उत्कृष्ट छन् र उनीहरु दुवैले उच्च स्तरको प्रर्दशन दिइरहेका छन्,' जाभीले भनेका छन्, ‘तिमीले युवा खेलाडीहरु हेर्नुपर्छ जसले भविष्यमा यो भिडमा स्थान बनाउने छन् र तिमीले सोचिरहेका छौं त्यो नेयमार, एमबाप्पे, सलाहा हो र अवश्य नै स्ट्रर्लिङ पनि हुन् । अहिलेको अवस्थामा त्यो दौड स्ट्रर्लिङले जितेका छन् ।’
२४ वर्षे युवा स्टार स्ट्रर्लिङले यस सिजन क्लब र राष्ट्रका लागि आठ गोल गरिसकेका छन् । जसको कारण युवा खेलाडी स्ट्रर्लिङबाट प्रभावित भएका जाभीले मेस्सी र रोनाल्डोको स्तरमा पुग्ने बताएका हुन् ।
‘उ सधै राम्रो खेलाडी, खतरनाक खेलाडी रहेका छन् तर पेपको प्रशिक्षणमा उनी विश्वको उत्कृष्ट खेलाडी बनेका छन्,’ जाभीले भने ।
सन् २०१५ मा लिभरपुलबाट ४४ मिलियन पाउण्डमा स्ट्रर्लिङ सिटी आएका थिए । स्ट्रर्लिङले सन् २०१४ मा युरोपका गोल्डेन बोई अर्वाड जितेका थिए ।
यस्तै जाभीले सिटीका प्रशिक्षक पेप ग्वार्डीवालाले स्ट्रर्लिङलाई उत्कृष्ट खेलाडी बनाउने समेत बताए ।
‘मलाई थाहा छ पेपले कसरी काम गरिरहेका छन् । उनी कामसँग नजिक छन् । जहाँ उनलाई सुधारको आवश्यकता र उनलाई कामको आवश्यकता छ,’ जाभीले थपे, ‘हामीले त्यसको नतिजा पनि देखिरहेका छौ । उनी अझै युवा र विश्वको उत्कृष्ट खेलाडी बन्न सक्छन् ।’