एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा आज राति समूह चरणका विभिन्न आठ खेलहरु हुँदैछ । च्याम्पियन्स लिगमा आज राति चार समूहको दुई दुई खेल हुनेछ ।
च्याम्पियन्स लिगमा सर्वाधिक सफल स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग उसैको मैदानमा खेल्दैछ ।
समूह 'ए' मा रहेको दुवै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । पीएसजीको मैदानमा हुने दुई टोलीबीचको खेल राति १२:४५ मा सुरु हुनेछ । यसै समूहको अर्को खेलमा क्लब बर्ग र गलतासारेबीच खेल हुनेछ ।
समूह 'डी' मा रहेको इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग उसैको मैदानमा खेल्दैछ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेको युभेन्ट्स सुखद सुरुवात गर्ने योजनामा हुनेछ । यसै समूहको अर्को खेलमा वायर लिभरकुसेन र मस्कोबीच खेल हुनेछ ।
समूह 'सी' मा रहेको इन्ग्लिश क्लब म्यानचेस्टर सिटीले शाख्तर डोनेक्स्टसँग उसैको मैदानमा खेल्दैछ । यसै समूहको अर्को खेलमा डाइनामो र एटलान्टाबीच खेल हुनेछ ।
समूह 'बी' जर्मन क्लब वायर्न म्युनिखले घरेलु मैदानमा सर्बियन क्लब रेड स्टार बेलग्रेडसँग खेल्दैछ । यसै समूहको अर्को खेलमा इन्ग्लिश क्लब टोटेनहमले ओलाम्पिकससँग खेल्नेछ ।