एजेन्सी । लिभरपुलले इन्ग्लिश प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा आर्सनललाई ३-१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले तेस्रो जित निकालेको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे । यस्तै जोएल माटिपको नाममा एक गोल रह्यो । आर्सनलका लुकास ट्रोरिराले एक गोल फर्काए ।
एनफिल्डमा खेलको ४१ औं मिनेटमा माटिपको गोलबाट लिभरपुलले अग्रता बनाएको थियो । ४९ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता २-० को बनाए ।
खेलको ५८ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ३-० को अग्रता बनाए । त्यसपछि खेलको ८५ औं मिनेटमा लुकासले एक गोल फर्काएपनि आर्सनल ३-१ ले पराजित हुन पुग्यो ।
जितसँगै लिभरपुलले ३ खेलबाट शतप्रतिशत नतिजासहित ९ अंक जोडेको छ । लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ ।
आर्सनलको यो पहिलो हार हो । आर्सनलले ३ खेलबाट ६ अंक जोडेको छ । आर्सनल लिगको दोस्रो स्थानमा रहेको छ ।