एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविकको विजेता युभेन्ट्सले शनिबार (आज) पर्मासँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ।
नयाँ सिजनको सुरुवातको लागि युभेन्ट्सले पर्माको भ्रमण गर्दैछ । र, पर्माको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
पर्माको मैदान भ्रमण गर्दा युभेन्ट्स सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तर, युभेन्ट्स मुख्य प्रशिक्षक मौरीजियो सार्रीबिना मैदान उत्रनेछ ।
प्रशिक्षक सार्री निमोनियाका कारण दुई खेलमा अनुपस्थित हुनेछन् । प्रशिक्षक सार्रीको स्थान सहायक प्रशिक्षक जियोभानीले लिनेछन् ।
प्रशिक्षक जियोभानीले पहिलो खेलमा टिमको उत्कृष्ट प्लेईङ सेट मैदान उतार्ने छन् । जसमा क्रिस्टियानो रोनाल्डो, पाउल डीबला, आरोन रामसे, जर्जियो चेलिनी, म्याथिस डी लिग्ट लगायतका खेलाडी रहने छन् ।
तर, युभेन्ट्सको मुख्य हतियार रोनाल्डो हुनेछन् । रोनाल्डोले गत सिजन ४३ खेलमा २८ गोल गरेका थिए ।
यता, पर्मा घरेलु मैदानमा ओल्ड लेडीलाई क्लबलाई रोक्दै सुखद सुरुवात गर्न चाहन्छ । पर्माले जसका लागि निकै तयारी समेत गरेको छ ।
घरेलु मैदान र घरेलु समर्थकको साथ पाएको पर्मा मुख्यत रोनाल्डोलाई रोक्ने योजनामा हुनेछ । किनकी युभेन्ट्सका रोनाल्डोले जुनै बेला पनि खेल परिवर्तन गर्ने खुबी राख्दछ ।