एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका लिजेण्ड एस्ले कोलले फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
इंग्ल्याण्डका पूर्व डिफेन्डर कोलले आइतबार सबैखाले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सन्यास घोषणा गर्दै कोलले अब प्रशिक्षणमा लाग्ने बताएका छन् ।
३८ वर्षे कोलले पछिल्लो सिजन च्याम्पियनसिप क्लब डर्बी काउन्टीबाट खेलेका थिए ।
आर्सनलबाट व्यवसायिक फुटबलमा डेब्यु गरेका कोलले चेल्सी, क्रिष्टल प्यालेस, रोमा र एलए ग्यालेक्सीबाट समेत खेलेका थिए ।
इंग्ल्याण्डबाट १०७ खेल खेलेका कोलले करियरमा ३ प्रिमियर लिग, ७ एफए कप र एक एक पटक च्याम्पियन्स लिग र युरोपा लिगको उपाधि जितेका थिए।