एजेन्सी । एलए ग्यालेक्सीका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविच अमेरिकी लिग मेजर लिग सकर (एमएलएस) मा 'प्लेयर अफ दि विक' चुनिएका छन् ।
यस हप्ता एमएलएसमा उत्कृष्ट प्रदर्शन गरेका इब्राहिमोविच साताको उत्कृष्ट खेलाडी चुनिएका हुन् ।
यहि शनिबार इब्राहिमोविचले लस एन्जल्स एफसीविरुद्ध ह्याट्रिक गरेका थिए । जुन खेलमा एलए ग्यालेक्सीले लस एन्जल्सलाई ३-२ गोल अन्तरले हराएको थियो ।
यस सिजन इब्राहिमोविच पहिलो पटक 'प्लेयर अफ दि विक' बनेका हुन् ।
एमएलएसले मिडियाको मत र समर्थकको मतको आधारमा 'प्लेयर अफ दि विक'घोषणा गर्ने गर्छ ।