एजेन्सी । स्पेनिस क्लब स्पानियोलका डिफेन्डर मारियो हेर्मोसोलाई एट्लेटिको मड्रिडले अनुबन्ध गरेको छ ।
एट्लेटिकोले बिहिबार स्पेनिस डिफेन्डर मारियोसँग औपचारिक सम्झौता गरेको छ । एट्लेटिकोले मारियोसँग पाँच बर्षे सम्झौता गरेको हो ।
रियल मड्रिडको एकेडमीका उत्पादन २४ बर्षे डिफेन्डर मारियोले २०१७-१८ को सिजनबाट शीर्ष डिभिजन लिगमा डेब्यु गरेका हुन्।
मारियोले स्पानियोलबाट ५४ खेलमा ४ गोल गरेका थिए ।
एट्लेटिकोले बुधबार टोटेनहमका डिफेन्डर काइरान ट्रिपियरलाई अनुबन्ध गरेको थियो ।