एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका पूर्व स्ट्राइकर ड्यानियल स्टुरेजलाई इंग्ल्याण्डको फुटबल एसोसियसन (एफए)ले प्रतिबन्ध लगाएको छ ।
एफएले आफ्नो बेटीङ नियम उलंघन गरेको भन्दै २९ बर्षे स्टुरेजलाई २ हप्ता फुटबलमा प्रतिबन्ध लगाएको छ । यस्तै एफएले स्टुरेजलाई ७५ हजार डलर जरिवाना समेत गरेको छ ।
फुटबलमा दुई हप्ताको प्रतिबन्धमा परेसँगै अब स्टुरेजले ३१ जुलाईसम्म फुटबल गतिविधि गर्न पाउने छैनन् ।
एफएको छानविन समितिले इन्ग्लिश फरवार्ड स्टुरेजले नियम उलंघन गरेको प्रमाण फेला पारेको जनाएको छ ।