एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।
बिहिबार भएको खेलमा डर्टमण्डले सियाटल साउन्डर्स एफसीलाई ३-१ गोल अन्तरले हराएको हो ।
प्रि-सिजनका लागि अमेरिका भ्रमणमा रहेको डर्टमण्डका लागि मारिउस वुल्फ, पाको अल्कासर र जाडोन सान्चोले एक एक गोल गरे ।
सियाटलका जोनाथन क्याम्बेलले एक गोल फर्काए ।
प्रि-सिजन तयारीका लागि डर्टमण्ड अहिले अमेरिकामा रहेको छ ।