एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले क्लबका युवा फरवार्ड मासन ग्रीनवुडले सिजनको पहिलो खेलबाटै मैदान उत्रन सक्ने बताएका छन् ।
नयाँ सिजन अघिको प्रि-सिजन तयारीको लागि युनाईटेड अहिले अष्ट्रेलियामा रहेको छ । र, ग्रीनवुडले मैत्रीपूर्ण खेलमा समेत उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
'ग्रीनवुड चेल्सीविरुद्ध मैदान उत्रने मौका धेरै छ । किनकी उनि त्यसका लागि योग्य छन्,' प्रशिक्षक सोल्सायरले भने,'यदि उनले अहिलेको लयलाई कायम राखे भने उनको सम्भावना बलियो छ ।'
प्रिमियर लिगमा युनाईटेडले अगस्ट ११ मा चेल्सीसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।
इंग्ल्याण्डका १७ बर्षे युवा फरवार्ड ग्रीनवुडले बुधबार लिड्स युनाईटेडविरुद्धको मैत्रीपूर्ण खेलमा समेत गोल गरेका थिए । उक्त खेलमा युनाईटेडले ४-० को जित निकालेको थियो ।
युनाईटेडका अनुभवी स्ट्राइकर रोमेलु लुकाकु इटालियन क्लब इन्टर मिलान जाने तयारी गरेपछि युनाईटेडले ग्रीनवुडलाई विकल्पको रुपमा तयार गरिरहेको छ ।