एजेन्सी । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले खेलाडीले छनोट गरेको ब्यक्तीलाई क्लबको कप्तान बनाउने बताएका छन् । पुर्व कप्तान भिसेन्ट कोम्पनीले सिजनको अन्त्यसंगै सन्यास लिएपछि सिटी नयाँ कप्तानको खोजीमा छ ।
मिडफिल्डर डेबिड सिल्भा नेतृत्वको सिटीले बुधबार प्रि–सिजनको खेलमा वेस्ट ह्यामलाई ४–१ ले हराएको थियो ।
तर सबै खेलाडी टिममा समावेश नभएसम्म स्थायी कप्तान छनोट नहुने प्रशिक्षक ग्वार्डिओलाको भनाई छ ।
‘उनीहरुले कप्तानको छनोट गर्नेछन् । जब उनीहरु सबै संगै हुनेछन् ।’ ग्वार्डिओलाले भने ।
‘जब उनीहरु सबै फर्कन्छन् । एउटा बैठक बस्नेछ । जसले नयाँ कप्तानको टुङ्गो लगाउनेछ ।’ उनले थपे ।
प्लेमेकर केभिन डी ब्रुईनीले प्रस्ताव आए क्लबको नेतृत्व गर्न आफु खुसी हुने बताएका छन् । उनले भने, ‘यदी टिमले मलाई कप्तान चाहन्छ । अथवा क्लबले भन्छ भने, म खुसीका साथ यसलाई अंगाल्नेछु ।’
‘मलाई लाग्छ यस बिषयमा क्लब र टिममा आवश्यक छलफल हुनेछ ।’ केभिनले भने ।
‘यो सबै छलफल तब हुनेछ, जब सबै समरको छुट्टी मनाएर टिममा फर्कनेछन् ।’ उनले थपे ।