एजेन्सी । वेल्सका मिडफिल्डर आरोन रामसेले युभेन्ट्समा ८ नम्बरको जर्सी लगाउने भएका छन् ।
युभेन्ट्सले सोमबार पत्रकार सम्मेलन गरेर रामसेले प्रयोग गर्ने जर्सी सार्वजनिक गरेको हो ।
आर्सनलका पूर्व मिडफिल्डर रामसेलाई जुलाई १ मा युभेन्ट्सले अनुबन्ध गरेको थियो । २८ बर्षे रामसेले क्लबसँग ४ बर्षको लागि सम्झौता गरेका थिए ।
आर्सनलमा ११ बर्ष बिताएका रामसेले २६२ प्रिमियर लिग खेलमा ४० गोल गरेका थिए । यस्तै उनले वेल्सबाट ५८ खेलमा १४ गोल गरिसकेका छन् ।